चलचित्र पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशनमा तयार भएको ‘तिमी नै मेरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण छायाँकन सिड्नीमा गरिएको भिडियोमा फिल्म ‘जंग बहादुरको कोट’कि अभिनेत्री तथा मोडल शुभाङंगी कोईराला र सुरज कुँवरको प्रेम देखाईएको छ । गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ । भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।