पौष १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर्पण’ को नयाँ गीत रिलिज भएको छ । केही दिन अगाडी मात्र पूर्व मेची देखि पश्चिम महाकाली सम्म प्रचार अभियान सकाएर काठमाडौं फर्किएको निर्माण पक्षले ‘आँखाले आँखाको’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा टंक बुढाथोकीको शब्द, संगीत र स्वर रहेको छ भने मनिषा पोख्रेलको पनि स्वर सुन्न सकिन्छ । गीतमा कोरियोग्राफी विश्वास लामाको छ । बंगलादेश र नेपालका रमणीय स्थानहरुमा खिचिएको चलचित्र समर्पणको यो गीतमा रोजन रखाल, रञ्जु शर्मा लगायतका कलाकारहरुको प्रेमभाव देखाइएको छ । फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा रोजन रखाल, रन्जु शर्मा, रुवी शर्मा, अमृत शाही ठकुरी, प्रयास तामाङ, विश्वास तामाङ, आशा भुसाल, अनु पराजुली, दीपक थापा, कुमार श्रेष्ठ, बालकृष्ण बन्झरा र ज्योति काफ्लेको अभिनय छ ।
चलचित्रमा बंगलादेशी नागरिक इमरान सिद्धिकीको पनि लगानी रहेको छ भने टिकाराम रखालको लेखन, कुमार महर्जनको द्धन्द्ध, दीव्य सुवेदी र जयकुमार दर्लामी मगरको छायांकन छ । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन ।