टेलिभिजन स्टार पेरिस हिल्टन ३५ वर्षकी भइसकेकी छिन् । एक वर्षअघि नै उनको विवाह गर्ने कुरा व्यापक चर्चामा थियो । तर, अहिलेसम्म पनि उनको विवाह हुन सकेको छैन । यसअघि उनले विवाह गर्ने भनेका केटा स्विसका व्यवसायी थिए । यी दुईको गत वर्षको जनवरीमा भेट
भएको थियो । ‘अब उनी वैवाहिक जीवन बिताउन चाहन्छिन्,’ हलिउडका पत्रिकाले उनीनिकट स्रोतको हवाला दिँदै उतिवेलै लेखेका थिए, ‘उनी जीवनप्रति अत्यन्त आशावादी छिन् ।’ पेरिसलाई विवाहको यो ‘आइडिया’ उनकी बहिनीको विवाह भएपछि आएको हो । उनकी बहिनी निक्कीले केही समयअघि विवाह गरेकी थिइन् । ‘निक्कीको विवाहपछि पेरिस पनि विवाह गर्न चाहन्छिन्,’ उनीनिकट स्रोतले भनेको छ, ‘निक्कीको बच्चा हुनुभन्दा पहिले नै पेरिसको विवाह हुन सक्छ ।’