‘जसलाई समाजदेखी लुकाएर अगाँलोमा छोपेर राखे, जसलाई कलेजोमा वर्षौसम्म राखे । तिम्रो सुगन्धमा पत्र कसरी जले, मायामा डुबेका पत्र कसरी जले’ यस्तै अन्दाजमा कंगनाले पुन रितिक रोशनबारे बोलेकी छिन् । केही समयका लागि साम्य देखिएको यो जोडीको विवाद पुन चर्चामा आएको छ । एक प्रोमोशनल कार्यक्रममा कंगनाले रितिक रोशनसँग बनेको र बिग्रिएको सम्बन्धबारे मुख खोलेकी छिन् । जुन दिन सार्वजनिक रुपमा प्रेमपत्र लिक भयो त्यो दिन आफु निवस्त्र भएको महसुस गरेको समेत कंगनाले बताइन् ।
रिबुकको प्रमोशनल इभेन्टमा पुगेकी कंगनाले आफ्नो लभ स्टोरीबारे पहिलो पटक मिडियामा खुलेर कुराकानी गरेकी छिन् । रितिकसँग भएको लभ स्टोरीको बारे कंगनाले घुमाउरो पारामा भनिन्,‘यो एउटा पहाडमा बस्ने युवतीको कथा हो । जो एकदमै बहादुर छे । उनलाई एउटा केटाको तस्बिर मिलेको थियो । जोसँग अन्तत प्रेम सम्बन्ध बनेको थियो । उक्त युवकको लागि मरभुमि, पहाड तथा समुन्द्रको समेत यात्रा समेत गरी । उसको हरेक अवस्थामा उभिने काम युवतीले गरी । एक दिन उसले किस गर्दै आइ लभ यु भन्यो । उसलाई विश्वाश दिलाउँदै युवतीले भनी म सामान्य युवती होइन । जब युवतीलाई सफलता मिल्दै जान्छ तब लभ स्टोरीमा दुःखान्तको समय आउँछ । यस्तै भयो मेरो जिन्दगीमा ।’
विवाद बढ्दै गएपछि कंगनाद्वारा रितिकलाई लेखिएका प्रेमपत्रहरु लिक भएका थिए । यसबारे कंगनाले भनिन्,‘पत्र जुन मैले लेखेकी थिए, क्रुरताकासाथ दुनियाको सामु बाहिर आए । सोच्नुहोस् तब मलाई कस्तो महसुस भयो । किनभने प्रत्येक प्रेमपत्र इमोशनल भावमा लेखिएको हुन्छ । तपाईको जीवनको एक महत्वपुर्ण भाग केबल एकजना मानिससँग मात्र शेयर गर्न चाहानुहन्छ । तर, जब लेटर लिक भए तब मेरो मजाक उडाउने काम गरियो । म धेरै दिनसम्म बन्द कोठामा रोएर बसे । तर, मैले उक्त क्रुरताको जबाफ दिइन । मेरो यही कुराले मलाई बिजेता बनाएको छ । यदी म कसैको लागि राम्रो बन्न सकिन भने मलाई केही भन्नु छैन । तर, उसको इमोशनलाई मजाक बनाउनु गलत कुरा हो ।’







