बलीउडका चर्चित अभिनेता धर्मेन्द्र अहिले पनि उत्तिकै हेन्डसम लाग्छन् । उनको ‘हेन्डसमनेस’ को चर्चा सधैँ हुने गर्दछ । अर्का हेन्डसम अभिनेता गोविन्दाले धर्मेन्द्रसँग जोडिएको एउटा प्रसंग सार्वजनिक गरेका छन् । हालै मुम्बईमा आयोजित एक कार्यक्रममा गोविन्दाले आफ्नी पत्नी सुनीता गर्भवती भएका वेला उनलाई आफूले धर्मेन्द्रको फोटो दिएको बताए । पेटमा गर्भ रहेका वेला जस्तो मान्छेको अनुहार हेर्यो, सन्तान पनि त्यस्तै जन्मिने विश्वासका कारण गोविन्दाले पत्नीलाई धर्मेन्द्रको फोटो दिएका रहेछन् । गोविन्दापत्नी सुनीताले पनि बिहान–बेलुकी नै धर्मेन्द्रको फोटो हेर्ने गरेकी थिइन् । यो कुरा सुनेपछि धर्मेन्द्रका आँखा आँसुले भरिएका थिए । उनी भावुक हुँदै गोविन्दालाई अँगालो हालेका थिए ।