केही दिनअघि चलचित्र ‘शब्द’की नायिका कमली वाइवा हेलि चार्टर गरेर मनास्लु बेसक्याम्प नजिकैको हिमाली गाउँ सामागाउँ पुगेको समाचारले राम्रै हंगामा मच्चायो । पुष २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘शब्द’ को अष्ट्रेलिया प्रदर्शनका लागि अभिनेता सौगात मल्ल तथा अभिनेत्री कमली वाइवा सहभागि हुनु पर्ने भएपछि भिसा प्रकृयाका लागि कमलीले सौगातलाई मनास्लु बेसक्याम्पबाट केही घण्टाका लागि काठमाडौं ल्याएकी थिइन् ।
‘बमकाजी’ चलचित्रको छायाँकनस्थल पुगेर सौगातलाई हात नै समाएर काठमाडौं ल्याउने कारण त्यही साझँ नै सार्वजनिक भएको थियो । नेपालसँगै एकसाथ अष्ट्रेलियामा रिलिज हुन लागेको चलचित्र प्रदर्शनीमा सहभागी हुन लागेका सौगातको भिषा प्रक्रिया अड्केपछि कमली सौगात लिन हेलि चार्टर गरेर त्यहाँ पुगेर सौगातलाई काठमाडौं ल्याएको मेहनत सार्थक भएको छ । सौगात तथा कमलीले मंगलबार अष्ट्रेलियाको भिषा पाएका छन् । अब कमलीसहित सौगात अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने चलचित्रको प्रदर्शनीमा सहभागि हुनेछन् । सन्तोष शिवाकोटी निर्देशित ‘शब्द’ मा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । चलचित्रमा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।