हालै संजय दत्तले आफ्ना पुराना केही घटनाबारे खुलासा गरेका छन् । उनले आफु कुनै समय निकै ड्रग लिने गरेको बताएका छन् । सन् १९८१ मा संजय दत्तको पहिलो फिल्म ‘रक्की’ रिलिज भएको थियो । त्यतिबेला उनी २२ वर्षकामात्र थिए । सन् १९८२ मा उनको अर्को फिल्म ‘विधाता’ रिलिज भएको थियो । उक्त फिल्म पनि सुपरहिट भएको थियो । एकातर्फ करिअर निकै उचाइमा पुगेको थियो भने अर्को तर्फ उनी ड्रगको दलदलमा फस्दै गइरहेका थिए । सन् १९८२ मा ड्रग राखेका कारण उनलाई पाँच महिनाको जेल सजाय भएको थियो ।
यसको तीनवर्षपछि सन् १९८५ मा संजय दत्तले बलिउडमा फर्किए । उनले ‘जान की बापसी’ फिल्मबाट पुन बलिउडमा फर्किएका थिए । संजय दत्त जस्तै अरु कलाकारलाई पनि ड्रगको लत बसेको थियो । एक यस्तै अभिनेत्री थिइन् गीताञ्जली नागपाल । ९० को दशकमा मोडल गीताञ्जली चर्चीत रहेकी थिइन् । गीताञ्जली जति चर्चीत थिइन् उनी त्यो बढी बदनाम पनि भइन् ।
ड्रग लत अत्याधिक बसेपछि उनले मेडको रुपमा काम गरिन् भने धेरै मानिसहरुसँग रात पनि बिताएकी थिइन् । जिन्दगीको अन्तिम घडीमा उनी दिल्लीको सडकमा भीक माग्दै गरेको पनि देखिएकी थिइन् ।