आउँदो माघ महिनाबाट फ्लोरमा जान लागेको चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ मा एक नयाँ अनुहारको इन्ट्री भएको छ । आना शर्मा र आशिरमान देशराज फाइनल भइसकेको चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ का लागि निर्माण पक्षले ‘मिस नेपाल अर्थ-२०१३’ की विजेता रोजिशा शाही ठकुरीलाई मुख्य भूमिकामा फाइनल गरेको छ । रोजिशाले चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ मा ‘तारा’ नामकी यूवतीको भूमिका निर्वाहा गर्नेछिन् ।
केहि बर्षदेखी भिजे तथा मोडलिङमा सक्रिय रोजिशालाई चलचित्रको कथावस्तु अनुसार फाइनल गरिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए । चलचित्रका निर्देशक हेमराज बिसीका अनुसार, अब चलचित्रका लागि सबै कलाकार फाइनल भएका छन् । केही दिन अगाडी वितरण कम्पनि डिसिएनले ‘ग्याङ्गस्टार ब्लूज’ को उपत्यका बाहिरको प्रदर्शन अधिकारी ४५ लाखमा किनेको थियो । चलचित्रका निर्देशक बिसी आफै ‘ग्याङ्गस्टार ब्लूज’ का निर्माता समेत हुन् । निर्माण कम्पनी बिसी मोशन पिक्चर्सले अर्को बर्षको भदौ २३ लाई चलचित्रको प्रदर्शन मिति समेत तय गरिसकेको छ ।