बलीउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए । धेरैलाई यसबारे कमै थाहा छ । जब कुनै अभिनेताले डिभोर्स गरेकी अभिनेत्रीसँग विवाह गर्न तब विभिन्न कुराहरु उठ्ने गर्छन् । तर, उनीहरुले गरेको यस उदाहरणिय कामले समाजमा केही परिवर्तन ल्याउने प्रयास गर्यो ।
आउनुहोस् रियल लाइफमा नै डिभोर्स गरेकी अभिनेत्रीसँग विवाह गरेका बलिउडका चर्चित अभिनेताहरु :-
१. संजय दत्त
संजय दत्तकी श्रीमती मान्यताका पहिलो श्रीमान मिराज–उर–रेहमान शेख हुन् । संजय दत्त र मान्यताको विवाह भएपछि उनले दुवैजनालाई अदालतमा तानेका थिए । उनीहरुको विवाह गैरकानुनी भन्दै मिराजले अरोप लगाएका थिए । तर, संजय दत्तले मिराजसँग डिभोर्स भएपछि आफु विवाह गर्न पुन तयार रहेको बताएका थिए । अदालतले मिराजको अपिल खारेज गर्दै संजय र मान्यताको विवाहलाई मान्यता दिएको थियो ।
२. मिथुन चक्रवर्ती
बलिउडका डिस्को डान्सर मिथुन चक्रवर्तीले योगिता बालीसँग विवाह गरेका थिए । योगिता किशोर कुमारीकी तेस्री पत्नी रहेकी थिइन् । योगिता र किशोरको विवाह सन् १९७६ मा भएको थियो । तर उनीहरुको सम्बन्ध १९७८ मा टुटेको थियो । सन् १९७९ मा मिथुनले योगितासँग विवाह गरेका थिए । उनीहरुको चार बच्चाहरु रहेका छन् ।
३. अनुपम खेर
अनुपम खेर र किरन खेरको पनि उस्तै कथा रहेको छ । मुम्बइको व्यापारी गौतम बेरीसँग किरनको विवाह भएको थियो । तर, सन् १९८५ मा उनीहरुको वैवाहिक सम्बन्ध टुट्यो । त्यस घटनाको एक वर्षपछि अनुपमसँग किरनको विवाह भयो । पहिलो विवाहबाट किरनको एउटा बच्चा भएको थियो । किरनको छोरा शिंकन्दरलाई पनि अनुपमले अपनाएका थिए ।
४. गुल्जार
गुल्जारले अभिनेत्री राखीसँग विवाह गरेका थिए । राखीले सानै उमेरमा बेगोली निर्देशक अजय विश्वाससँग विवाह गरेकी थिइन् । तर, विवाह भएको एक वर्ष नबित्दै राखी र गुल्जारको सम्बन्ध पनि टिकेन । तर, उनीहरुले डिभोर्स भने गरेनन् । राखी फिल्लमा फर्किन चाहान्थिइन् । तर, गुल्जारले असहमति भएपछि उनीहरु छुट्टिने निर्णय गरेका थिए ।
५. समिर सोनी
समिर सोनीले भारतीय मोडल राजलक्ष्मी खानभिल्कारसँग गरेका थिए । तर, उनीहरुको सम्बन्ध ६ महिनामा नै टुटेको थियो । त्यसपछि समिरले निलम कोथरीसँग विवाह गरेका थिए । निलम ऋषि सेथाइकी पुर्व पत्नी हुन् । विवाह गरेको दुई वर्षपछि उनीहरुले एउटा छोरीलाई एडोप्ट गरेका थिए ।
६. राहुल रोय
समिर सोनीसँग सम्बन्ध तोडेपछि राज्यलक्ष्मी खानभिल्करले आशिकी बोइ राहुल रोएलाई डेट गरिन् । सन् २००० मा उनीहरुले विवाह गरे । तर, २०१४ मा उनीहरुले डिभोर्स गरे ।
७. लिण्डर पाइस
संजय दत्तकी पुर्व पत्नी रिया पिल्लाईसँग टेनिस प्लेयर लिण्डरले विवाह गरेका थिए । तर, यिनीहरुको सम्बन्ध पनि धेरै टिकेन । उनीहरुको एक छोरी अजन्या रहेकी छिन् ।