टिभीकी ‘नागिन’ उर्फ मौनी रोय ‘देवों के देव…’ फेम महादेव उर्फ मोहित रैनासँग डेट गरिरहेकी छिन । उनीहरु अहिले विवाहको प्लानिंगमा समेत छन् । रिपोर्ट्सका अनुसार, मौनीले इनडायरेक्टली यो भनिसकेकी छिन् कि उनी २०१७ मा विवाह बन्धनमा बाँधिनेछिन् । तर, उनको यो सपना मोहितले तोडिदिए । मोहितका अनुसार, उनलाई बिहे गर्न कुनै हतार छैन । इन्टरव्यूमा मोहितले भने, ‘थाहा छैन कहाँबाट आयो यो अफवाह ।’
बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा जब मोहितलाई सोधियो कि ‘के तपाई २०१७ मा मौनीसँग बिहे गर्दैहुनुहुन्छ ?’ अनि उनले उत्तर दिए, होइन, ‘यो सत्य होइन । मलाई थाहा छैन कहाँबाट यो अफवाह आयो । म अहिले सेटल कसरी भइन्छ भन्ने सोचिरहेको छु । तर, २०१७ मा बिहे हुन लागेको कुरा गलत हो ।’
बताइदिउँ कि केही दिन पहिला एक इन्टरव्यूमामोहितले पनि २०१७ मा विवाह हुने संकेत दिएका थिए । मौनी राय र मोहित रैना लाइफ ओकेको सीरियल ‘देवों के देव…महादेव’ सीरियलमा एक साथ काम गरेका थिए र त्यही बेला देखी उनीहरु नजिक बनेका थिए ।