शुक्रबार पोखरामा श्रावण २९ गते हुने ‘आठौं डि सिने अवार्ड’को उत्कृष्ट ५ का मनोनयन सार्वजनिक गरियो । त्यसपछि यो अवार्ड अहिले विवादमा तानिएको छ । डि सिने अवार्डको मनोनयनमा नै मनोमानी भएको लगायतका खबरहरु अहिले नेपाली सञ्चारमाध्यममा सर्वत्र छन् । पहिलो कुरा त डि सिने अवार्डको उत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने नअटाउनु अवार्ड विवादमा तानिनुको मुल कारण हो । राष्ट्रपतिबाट खगेन्द्रले केही दिन अगाडी मात्र उत्कृष्ट पटकथाकारको अवार्ड हात पारेका थिए चलचित्र ‘पशुपति प्रसाद’बाट । तर डि सिने अवार्डको उत्कृष्ट अभिनेताको मनोनयनमा खगेन्द्र नपर्नु आफैमा हाँस्यास्पद रहेको भन्दै अहिले बहस सुरु भएको छ । तर यही विवादका बिच डि सिने अवार्ड कार्यक्रमका निर्देशक प्रदिप उदयले खगेन्द्र लामिछानेले आयोजकलाई भेटेर डि सिने अवार्डको नोमिनेशनमा नपारीदिन आग्रह गरेको एक समाचार पोष्ट गरेका छन् । तर उक्त समाचार आफैंमा हाँस्यास्पद छ । किनकी डि सिने अवार्डको उत्कृष्ट पटकथामा पशुपति प्रसादबाट खगेन्द्र लामिछाने नोमिनेशनमा परेका छन् । समाचारमा खगेन्द्र लामिछानेले आयोजक टोलीसँग भेटेर आफ्नो नाम नोमिनेशनमा नपारीदिन आग्रह गरेकै कारण खगेन्द्रलाई अवार्डबाट बाहिर राखिएको आयोजक शान्तिप्रियले बताएको खबर छ । यदि आयोजक संस्थाले खगेन्द्रलाई अवार्डको नोमिनेशनबाट हटाएको भए उनी उत्कृष्ट पटकथाको नोमिनेसनमा कसरी परे ? यो हेर्दा डि सिने अवार्डका आयोजककर्ता आफ्नै अवार्ड प्रति बेखबर रहेको पाइन्छ । आयोजक संस्थालाई नोमिनेशनमा को-को परेका छन् भन्ने कुराको समेत हेक्का नभएको प्रदिप उदयले सेयर गरेको एक पोष्टबाट सजिलै अनुमान लगाउन सकिन्छ । डि सिने अवार्ड यही साउन २९ गते पोखरामा हुदैँछ