वितरण गर्नु अगावै विवादित बनेको ‘नवौं नेफ्टा अवार्ड’ शुक्रबार साँझ दुबईमा सम्पन्न भएको छ । नेपालबाट सयजना बढी कलाकारहरुको टोली सहभागी अवार्डमा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ बाट यस बर्षका लागि नायिका नम्रता श्रेष्ठले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भइन् भने चलचित्र ‘कबड्डी कबड्डी’ बाट नायक दयाहाङ राईले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए । त्यस्तै नवौं नेफ्टा अवार्डले ‘वडा नम्बर ६’ का निर्देशक उज्जवल घिमिरेलाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरेको छ भने सर्वोत्कृष्ट चलचित्रको अवार्ड भने ‘पशुपतिप्रसाद’ ले हात पार्यो । निर्देशक घिमिरेले ‘वडा नम्बर ६’ बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड यस बर्षका लागि पहिलो पटक हात पारेका हुन् ।
स्पेक्ट्रम एडभरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा बितरक कम्पनीसँगको सहकार्यमा दुबईमा आयोजना भएको नेफ्टा अवार्डमा हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे ‘पृथक योगदान सम्मान’ बाट सम्मानित हुँदा ‘प्रोत्साहन सम्मान’ बाट ‘छक्का पन्जा’ की निर्देशक दिपाश्री निरौला सम्मानित भईन ।
त्यस्तै नेफ्टा अवार्ड आयोजक समितिले ‘नेफ्टा स्वर्णिम सम्मान’ बाट नायिकाद्धय भुवन चन्द थापा, चैत्यदेबी सिंह र बसुन्धरा भुसाललाई सम्मानित गरेको छ । त्यस्तै ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ भने कुल बहादुर महत (जेठा दाई) लाई प्रदान गरियो । अवार्ड कार्यक्रममा निखिल उप्रेती, करिश्मा मानन्धर, साम्राज्ञी राज्य लक्ष्मी शाह, पुजा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुप विक्रम शाह, नाजिर हुसेन, संगीतकार अर्जुन पोखरेल, निर्देशक सुदर्शन थापा, दिनेश राउत लगायत झण्डै सय जना कलाकार, निर्देशक, गायक गायिका, निर्माताहरुको उपस्थिती रहेको थियो ।
हेर्नुस् कस-कसले जिते नवौं नेफ्टा अवार्ड :-
१. सर्वोत्कृष्ट श्रृंगार दिपु पौडेल (को आफ्नो)
२. सर्वोत्कृष्ट भेषभुषा युबी थापा र योगिता पुन (प्रेम गीत)
३. सर्वोत्कृष्ट कला पासाङ टि शेर्पा (वडा नं ६)
४. सर्वोत्कृष्ट द्वन्द हिमाल केसी (भैरब)
५. सर्वोत्कृष्ट संगीत संयोजन राजन ईशान (वडा नं ६)
६. सर्वोत्कृष्ट ध्वनी मिश्रण उत्तम न्यौपाने (धौली)
७. सर्वोत्कृष्ट पार्श्वसंगीत सुजिल कर्माचार्य (फन्को)
८. सर्वोत्कृष्ट गीतकार कृष्ण हरि बराल (नाई नभन्नु ल ४)
९. सर्वोत्कृष्ट कथा रामबाबु गुरूंग (कबड्डी कबड्डी)
१०. सर्वोत्कृष्ट संवाद खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
११. सर्वोत्कृष्ट पटकथा सुबर्ण थापा (फन्को)
१२ सर्वोत्कृष्ट हास्यकलाकार विल्सन बिक्रम राई (अधकट्टी)
१३. सर्वोत्कृष्ट सह अभिनेता प्रकाश घिमिरे (पशुपतिप्रसाद)
१४. सर्वोत्कृष्ट सह अभिनेत्री निश्मा घिमिरे (जन्मभूमि)
१५. सर्वोत्कृष्ट गायिका अन्जु पन्त (प्रेमगीत)
१६. सर्वोत्कृष्ट गायक सुगम पोखरेल (प्रेमगीत)
१७. सर्वोत्कृष्ट संगीतकार अर्जुन पोखरेल (प्रेमगीत)
१८. सर्वोत्कृष्ट नृत्य रेनेसा बान्तवा राई (प्रेमगीत)
१९. सर्वोत्कृष्ट सम्पादन बिपिन मल्ल (फन्को)
२०. सर्वोत्कृष्ट छाँयाकार पुरूषोत्तम प्रधान (नाई नभन्नु ल ४)
२१. सर्वोत्कृष्ट खलपात्र बिपिन कार्की (पशुपतिप्रसाद)
२२. सर्वोत्कृष्ट नवनायिका साम्रज्ञ्य राज्य लक्ष्मी शाह (ड्रिम्स)
२३. सर्वोत्कृष्ट नवनायक पल शाह (नाई नभन्नु ल ४)
२४. पपुलर नायिका पुजा शर्मा (प्रेमगीत)
२५. पपुलर नायक अनमोल केसी (ड्रिम्स)
२६. पपुलर चलचित्र (ड्रिम्स)
२७. सर्वोत्कृष्ट नायिका नम्रता श्रेष्ठ (क्लासिक)
२८. सर्वोत्कृष्ट नायक दयाहाङ राई (कबड्डी कबड्डी)
२९. सर्वोत्कृष्ट चलचित्र – पशुपतिप्रसाद
३०. सर्वोत्कृष्ट निर्देशक उज्जवल घिमिरे (वडा नं ६)
३१. उत्कृष्ट जनजाति चलचित्र – तिमि नभए