दुबईमा भएको ‘नवौं नेफ्टा अवार्ड’ मा सहभागी नहुने कलाकारहरुको नाम भजाएर टिकट बेचेको खबरले नेपाली सिनेवृत सेलाइनसकेको अबस्थामा फेरी नेफ्टाको अर्को मनोमानीको घट्नाले तहल्का मच्चाएको छ । शुक्रबार साँझ दुबईमा भएको नवौं नेफ्टा अवार्डमा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘वडा नं. ६’ बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड उज्वल घिमिरेलाई प्रदान गरियो । जबकी यो बर्ष अन्य अवार्डमा चलचित्र वडा नं. ६ ले न निर्देशकले अवार्ड पाएको छ न त अन्य कुनै पनि महत्वपूर्ण विधामा नै । यसै कारण सर्वोत्कृष्ट चलचित्रको अवार्ड पाएको ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के. खनाल अवार्ड थाप्न स्टेज गएनन् । फाइल फोटो
अवार्ड कार्यक्रममै रहेका दीपेन्द्र आफ्नो चलचित्रले पाएको अवार्ड लिन स्टेज नचढेपछि हास्यकलाकार दीपकराज गिरीले उनको अवार्ड थाप्न स्टेज उक्लिएका थिए । ‘किन चढेनन् त दीपेन्द्र अवार्ड थाप्न स्टेज ?’ दीपेन्द्र स्टेज नजानुको कारण सर्वोत्कृष्ट निर्देशकको अवार्ड नपाएपछि उनलाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड थाप्नु गलत हो भन्ने लाग्यो । र, यो सही पनि हो किनकी सर्वोकृष्ट निर्देशकको अवार्ड नपाएपछि उत्कृष्ट चलचित्रको अवार्ड थाप्नु लज्जित हुनु भन्दा कम हुन्न । सायद दीपेन्द्रले पनि यही सोचे र ‘पशुपतिप्रसाद’ले पाएको सर्वोत्कृष्ट चलचित्रको अवार्ड थाप्न स्टेज चढेनन् ।
यतिसम्मकी उनले यसैबर्ष आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए । यो जुरीको निर्णय हो वा नेफ्टा आयोजक समितिको त्यो भने चाँडै थाहा हुने नै छ । यसबाटै थाहा हुन्छ कि यस बर्षको नवौं नेफ्टा अवार्ड मनोमानी ढंगबाट वितरण गरिएको छ ।