पुर्वपोर्नस्टार सनी लियोनले आफूलाई आइटम डान्सको अर्थ थाहा नभएको बताएकी छिन् । शाहरुख खानको ‘रइस’ फिल्ममा ‘लैला मै लैला’ बोलको आइटम गीतमा डान्स गरेकी सनीले आफूले हरेक गीतलाई उत्तिकै सम्मानका साथ हेर्ने भएकाले आइटम भनेर छुट्टै रूपमा नबुझेको दाबी गरेकी छिन् । ‘पहिला–पहिलाका फिल्ममा पनि त यस्ता सानदार गीत हुने गर्थे,’ उनले भनेकी छिन्, ‘केलाई भनिन्छ आइटम, म त बुझ्दिनँ ।’ उनले फिल्मको कथालाई अघि बढाउन यस्ता विशेष गीतको महत्वपूर्ण भूमिका हुने मात्र आफूलाई थाहा भएको बताएकी छिन् । रइसमा एउटा गीतमा भए पनि शाहरुखसँग अभिनय गर्न पाएकोमा आफ्नो सपना पूरा भएको ठम्याइ उनको छ ।