बलीउड अभिनेता टाइगर श्राफ र दिशा पाटनी अहिले रिलेशनसिपमा रहेको खबरले भारतीय मिडियाहरु खुबै तातेका छन् । चाहे उनीहरु सीक्रेट डेट होस् वा रेस्टोरेन्टमा पार्टी, यी दुई एकसाथ देखा पर्छन । अहिले यी दुई प्रेम सम्बन्धमा रहेको खबर बाहिर आइरहेपनि अहिलेसम्म उनीहरुले यस विषयमा खुलेर बताएका भने छैनन् । हालैमा एक अन्तर्वार्ताको क्रममा टाइगरले दिशासँगको सम्बन्धको विषयमा खुलेर बताएका छन् । टाइगरले भने -‘दिशा मेरो राम्रो साथी हुन । हामी दुई एकअर्कासँग निकै कम्फर्टेबल रहन्छु । हामी एकअर्कासँग बढी रमाउँछौ । यसको अलवा हाम्रो सोचाई पनि बढी मिल्छ । हामीलाई डान्स गर्न निकै मन पर्छ । हामीलाई जब पार्टीमा इनवाइट गर्छन तब हामी साथमा नै जान्छौ । धेरै पटक मिडियाहरुले हामीलाई साथमै देखेका कारण कतै उनीहरु डेट त गरिरहेका छैनन् भन्ने खाल्का समाचारहरु बनाउने गरेका छन् तर सत्यता त्यसमा छैन । अहिले म आफ्नो कामलाई नै बढी प्राथमिकतामा राखेको छु ।’