चलचित्रको पर्दामा राम्रै जमेको जोडी नायक दयाहाङ राई र नायिका प्रियंका कार्की अहिले नयाँ चलचित्र ‘ह्पाप्पी डेज’ को छायाँकनको लागि लण्डनमा छन् । केही दिन अगाडी एउटा खबर बाहिर आएको थियो कि चलचित्र ‘ह्याप्पी डेज’ को एक दृश्यमा दयाहाङले प्रियंकालाई रातो गुलाबको फूल दिँदै प्रेम प्रस्ताव राखे तर अस्वीकार गरिन् प्रियंकाले । तर, हालै प्रियंकाले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिरले भने अर्कै कुराको संकेत गर्दैछ । प्रियंकाले आफ्नो फेसबुकमा दयाहाङसँगको एक तस्बिर पोष्ट गरेकी छिन्, जुन तस्बिरमा यो स्पष्ट झल्किन्छ कि प्रियंकाले दयाहाङको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् । तस्बिरसँगै उनले क्याप्सनमा पानको पत्ता पनि राखेकी छिन् । तस्बिरबाट यो अनुमान लगाउन सकिन्छ कि यो दृश्य चलचित्र ‘ह्याप्पी डेज’ को हो ।
बेलायतमै करिब एक करोड ७० लाख रुपैयाँ लगानीमा तयार भइरहेको ‘हयाप्पी डेज’ को सुटिङ अहिले बेलायतको क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा भइरहेको छ । यस चलचित्रको छायांकनकै लागि छायांकार रामकुमार केसी,
प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ बेलायत छन् ।
वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल, सपनकुमार राई र मिलन चाम्सले यो चलचित्रमा लगानी गरेका छन् । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् ।