सन् २०१६ मा बलिउडमा केही फिल्महरु रेकर्ड ब्रेकिङ कमाइ गरे । यो वर्ष पनि कुन फिल्मले रेकर्ड तोड्छ भन्ने सोचमा धेरै फिल्म विश्लेषहरुले अनुमान लगाए । सलमान खान, अक्षय कुमार, जस्ता स्टारहरुको फिल्मले सफल कमाइ गर्न सके । तर, केही सोच्दै नसोचिएका फिल्महरुले पनि उत्तिकै सफल कमाइ गरेर सबैलाई आश्चर्यमा पार्ने काम गरे ।
यी हुन सन् २०१६ मा बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने फिल्महरु :
१. सुल्तान: वक्स अफिसमा गर्ने प्रदर्शनलाई जोडेर सलमान खानको बारेमा धेरै चिज भनिने र लेखिने गरिएको छ। त्यसको दाँजोमा उनका फिल्म विषयवस्तुका हिसाबले कति राम्रा भइरहेका छण् भन्ने कुरा बहसको विषय भए पनि उनका प्रत्येक फिल्म चक्सअफिसमा पैसा कमाउने मामला भने अगाडी नै रहँदै आएका छन्। यस वर्ष रिलिज भएका फिल्महरू मध्ये कुनै पनि बलिउड फिल्मले २०० करोडको आँकडा पार गर्न सकेनन तर सलमान अभिनित फिल्म ३०० करोड बढी भारू कमाउन सफल बन्यो।
२. एम एस धोनी: द अनटोल्ड स्टोरी: भारतिय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको बायोपिक फिल्मले मिश्रित प्रतिक्रिया बटुल्दै वक्सअफिसमा राम्रो प्रदर्शन गर्न सफल रह्यो। फिल्मले करिब १३३ करोड कमाउँदै बक्सअफिसमा सर्वाधिक कारोबार गर्ने दोस्रो फिल्म दरियो।
३. एयरलिफ्ट, रूस्तम तथा हाउसफूल ३: बलिउडका ३ पावर हाउस पानिने ३ खान हाराहारीमा उभिन सक्ने कोही छ भने त्यो अक्षय कुमार हुन। यस वर्ष रिलिज भएका उनका ३ फिल्म: एयर लिफ्ट (१२९ करोड), रूस्तम(१२७.४२ करोड) तथा हाउसफूल ३(१०७.७० करोड) कमाउँदै सर्वाधिक कमाउ सूचिको ३ ४ तथा ६ नम्बरमा रहन सफल रहे।
४. ऐ दिल है मुश्किल: अनुराग कश्यपको ‘उडता पंजाब’का अलावा करण जोहर निर्देशित ‘ऐ दिल है मुश्किल’ वर्षकै विवादस्पद फिल्म बने। सबैभन्दा पहिलो विवाद ऐश्वर्या रायले रणवीर कपुरसँग दिएको अन्तरंग दृश्यले निम्तायो भने दोस्रोमा फिल्ममा रहेको पाकिस्तानी अभिनेता फवाद खानप्रति राज ठाकरेको आपत्तिले भयो। पछि चन्दाबाट सो मामिलालाई सल्टाउने काम भयो। फिल्मले ११२.३९ करोड कमाउँदै आफ्ना लागि ५ औं स्थान सुरक्षित गर्यो।
५. शिवाय: ‘ऐ दिल है मुश्किल’सँगै फिल्म रिलिज गरेर अजय देवगनको ‘शिवाय’ले कमाइको मामिलामा करण जोहरलाई राम्रै टक्कर दिए। फिल्मले वक्सअफिसमा १००.२५ करोड कमायो। फिल्म ७ औं स्थान रह्यो।
वर्षको अन्तिम महिनामा रिलिज भएको फिल्मको कमाइ कुन बिन्दुमा पुग्छ तय भइसकेको छैन् तर फिल्मले १०० करोडको आँकडा पार गरिसकेको छ। ‘दंगल’ वर्षकै सबैभन्दा कमाउ फिल्म बन्ने ध्याउन्न रहेको संकेत देखिएको छ।