आमिर खानको फिल्म दंगलको अहिले चौतर्फी तारिफ भइरहेको छ तर यस्ता केही व्यक्ति पनि छन् जो फिल्मबाट खुसी छैनन् । पूर्व रेसलिंग कोच पीआर सोन्धीले फिल्ममा आफ्नो बारेमा देखाइएको रोललाई लिएर खुसी नरहेको बताएका छन् । उनले रेसलिंग फेडरेशनसँग चाँडै यस बारेमा कुरा गर्ने पनि बताएका छन् । अंग्रेजी अखबर मिडडेको एक रिपोर्टका अनुसार, २०१० कमनवेल्थ गेम्सको दौरान गीता र बबिता फोगाटको कोच रहेका सोन्धीले भने -‘फिल्म बनाउनका लागि पाएको स्वतन्त्रताले कसैको छवि खराब गर्न मिल्दैन ।’
जसले फिल्म ‘दंगल’ हेर्नुभएको छ, उहाँहरुलाई बताइदिउँ कि फोगाट बहिनीको कोचलाई लगभग लगभग भिलेनको रुपमा देखाइएको छ ।
पीआर सोन्धीले भने -‘उनीहरुले फिल्ममा कोचको नाम पीआर कदम गरेका छन्, तर काहिँ पनि त्यो क्यारेक्टर उनको प्रोफाइलसँग मिल्दैन ।’ सोन्धीले अगाडी भने -‘म गीताका पितालाई धेरै बर्ष अगाडी देखी चिन्छु र उनी निकै राम्रा व्यक्ति हुन ।’