बलीउड अभिनेत्री करिना कपुर गर्भवती भएको खबरले अहिले भारतीय मिडिया खुबै तातेको छ । केही दिन अगाडी लण्डन पुगेर लिंग पहिचान गरेपछि उनी गर्भवती भएको खबरले सर्वत्र चर्चा पाएको हो । त्यसभन्दा अगाडी पनि श्रीमान सैफ अली खानसँग लण्डन पुगेर करिनाले आफु गर्भवती भएको वा नभएको भन्ने विषयमा परिक्षण गराएकी थिइन । तर यो कुरालाई सैफ अली खान र करिनाले लुकाउँदै आएका थिए । करिना गर्भवती भएको खबरहरु अहिले जसरी मिडियाहरुमा सर्वत्र भइरहेको छ त्यो चाहिँ करिनालाई मन परेको छैन रे । उनले हालै एक अन्तर्वार्तामा भनिन्, ‘हो म गर्भवती भएकी हुँ तर मरेकी होइन । एक महिला गर्भवती हुनु कुनै अनौठो होइन तर जसरी म गर्भवती भएको खबरहरु मिडियाहरुमा आएका छन् त्यसले मलाई निकै दुखी बनाएको छ । म गर्भवती भएको खबरलाई मिडियाहरुले राष्ट्रिय मुद्धा नै बनाइदिएका छन् त्यो गलत हो ।’ अहिले रीया कपुरको नयाँ चलचित्र ‘वीरा दी शादी’मा काम गरिरहेकी करिनाले आफु गर्भवती भएपनि आफ्नो काम भने नरोकिने बताइन । खबरका अनुसार करिनाले डिसेम्बरमा छोरालाई जन्मदिदैछिन् ।