बलीउड अभिनेत्री करिना कपुरका फ्यानहरु विश्वभर छरिएर बसेका छन् । उनको एक झलक हेर्न मात्र होइन उनीसँग विवाह गर्नका लागि पनि कयौं यूवाहरु मरिहत्ते गर्छन । सैफ अली खानसँग विवाह गरेर एक छोराकी आमा समेत बनिसकेकी करिना कपुरका डाईहार्ट फ्यान हुन भारत उतर प्रदेशका मुख्यमन्त्री अखिलेश यादब । उनी करिनाका यस्ता फ्यान हुन कि कुनै समय उनी करिनासँग बिहे गर्न चाहन्थे । एक अन्तर्वार्ताको क्रममा अखिलेश यादबले भने -‘म करिना कपुरको फ्यान मात्र होइन कुनै दिन उनैसँगै बिहे गर्न चाहन्थे । मेरो डिम्पलसँग बिवाह हुनु भन्दा पहिला मैले करिनासँग विवाह गर्नकालागि पितासँग अनुमति मागेको थिए तर पिताले दिनुभएन नत्र आज करिना मेरी पत्नी हुने थिइन् ।’