माघ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिणाम’ को आइटम गीत सार्वजनिक भएको छ । ‘कम्मर मुनी’ बोलको गीतमा नायिका सारिका घिमिरे फिचरिङ छिन् । कमल राईको कोरियोग्राफी रहेको गीतमा कृष्ण बस्नेतको शब्द र संगीत छ । चलचित्रको सार्वजनिक आइटम गीतमा नायिका सारिक बोल्ड देखिएकी छिन् । मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘परिणाम’ लाई हरि पराजुलीले निर्देशन गरेका हुन ।
नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्दरसंगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।