अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोपमा सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो । अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएका बेला सो सामान चोरी भएको थियो ।