बलीउड अभिनेत्री कंगना रनावतले आफ्नो पारिश्रमिक बढाएको खबर केही दिन अगाडी बाहिर आएको थियो । भारतिय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो पारिश्रमिक १५ करोड भारतिय रुपैंया बनाएकी हुन । उनले आफ्नो पारिश्रमिक ३ करोडबाट ५ गुणा बढाएर एकैचोटी १५ करोड बनाएकी हुन् ।
खबरका अनुसार उनले दुईवटा निर्माता सँग प्रतिफिल्म १५ करोड रुपैंया मागेकी छन् यसअघि सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा अहिले दिपिका पादुकोण रहेकी थिइन । उनले प्रति फिल्म १३ करोड भारु लिने गरेकी छन् ।
यी हुन धेरै पारिश्रमिक लिने १० नायिकाहरु :
१. कंगना रनावतः १५ करोड
२. दिपिका पादुकोणः १३ करोड
३. करिना कपूरः ९ करोड भारु
४. प्रियंका चोपडाः ९ करोड भारु
५. विद्या बालानः ७ करोड भारु
६. कैटरीना कैफः ७ करोड भारु
७. अनुश्का शर्माः ६ करोड भारु
८. सोनाक्षी सिन्हाः ६ करोड भारु
९. श्रद्धा कपूरः ५ करोड भारु
१०. आलिया भट्टः ३ करोड