बिहिबार अभिनेत्री दीपिका पादुकोण र भिन डिजल स्टारहरु रहेको फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ को प्रिमियर राखिएको थियो । उक्त कार्यक्रममा दीपिका पादुकोणले डिजाइनर नईम खानको गोल्डेन गाउन लगाएकी थिइन् । उक्त कपडामा दिपिका स्टनिङ देखेकी थिइन् । कपडा केही टाइट भएका कारण उनलाई उठ्न बस्न एकदमै कठिन भएको थियो ।
कपडाको धागो चुडिन लागेको थियो । क्यामराले उक्त दृश्य कैद गरेको थियो । दिपिका पादुकोण वारड्रोप मालफक्सनको शिकार हुनबाट बाँच्न सफल भइन् । फोटोमा प्रस्ट देखिएको छ उनलाई उक्त कपडामा निकै असहज महसुस भइरहेको थियो ।