गत शनिबार अत्यन्तै प्रतिस्पर्धा रहेको नृत्य सम्बन्धी रियालिटी शो ‘झलक दिखला जा’ को अन्तिम तीनमा पुग्न नेपालकी तेरिया मगर सफल भएकी छिन् । सेमी फाइनलमा ५ जना जोडी रहेकोमा डिजे ब्राभो तथा भावनाको प्रस्तुतिमा ब्राभो आफ्नो निजि कारणले प्रतिस्प्रद्धा छोड्ने भएकोले अन्तिम चरणको लागि उत्कृष्ट ४ मध्येमा सर्बोकृष्ट प्रस्तुति देखाउँदै तेरिया मगर सबै भन्दा पहिला अन्तिम चरणमा पुगेकी छिन् । अन्तिम चरणमा पुग्नेहरुमा प्रथम तेरिया मगर, दोश्रो शान्तनु तथा तेश्रोमा सलमान पुगेका छन् । र, उक्त अन्तिम चरण बाट सिद्धार्थ तथा वैष्णवि बाहिरिएका छन् ।
अन्तिम चरणको प्रतिस्पर्धा आगामी जनवरी २१ तारिखमा हुने छ । तेरिया तथा अर्यानले ‘अभि मुझे कहीं’ नामक ‘अग्निपथ’ को गीतमा नृत्य प्रस्तुति गरेका थिए । निर्णायक मध्येका एक बलीउड निर्देशक करन जोहरले आफु निकै भाबुक भएको र नृत्यको तारिफ गर्ने शब्द नै नभएको भन्दै टिप्पणी गरेका थिए । त्यस्तै, अर्का निर्णायक तथा बलीउड निर्देशक फराह खानले नृत्य हेरेर आँशु आएको बताएकी थिइन् । निर्णायक गणेशले ‘तेरिया तिमी आश्चर्यजनक छौ’ भन्दै तारिफ गरेका थिए भने अर्की निर्णायक तथा नायिका ज्याकलिन फर्नान्डिजले तेरियाको अहिले सम्मकै उत्कृष्ट नृत्य भन्दै गहभरी आँसु पारेकी थिइन । चार जना निर्णायकहरुबाट तेरियालाई १० मा १० गरि ४० मा ४० अङ्क (सयमा सय) अङ्क प्राप्त गरेकी थिइन् । र, अन्तिम चरणको मिश्रित नृत्यमा पनि उत्कृष्ट प्रस्तुति देखाउँदै तेरिया मगर अन्तिम चरणमा पुगेकी छिन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् । यदी तेरियाले यो प्रतियोगीता जितेको खण्डमा नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछिन् ।
यसरी गर्न सकिन्छ तेरियालाई भोट
तेरियालाई भोट गर्न चाहनेहरुले मोवाइलको म्यासेज बक्समा गएर TER टाइप गरि ५६८८२ मा पठाउन सकिन्छ । यो इण्डियामा रहनेहरुले मात्र गर्न सक्नेछन् । इण्डियाभन्दा बाहिर रहेकाहरुले तेरियालाई भोट गर्नका लागि कलर्स च्यानलको अफिसियल वेवसाइट http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/voting/मा गएर भोट गर्न सक्नेछन् ।