भ्यालेनटाइन डेलाई लक्षित गर्दै माघ २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायिका नीता ढुंगाना र नायक जीवन लुइँटेल अभिनित चलचित्र ‘लेक साइड’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले नीता र जीवनको प्रेमभाव बोल्छ । सुन्दर नगरि पोखराको पर्यटक स्थल लेकसाइडमा सङ्गीतको खोजीमा दौडिने एउटा पात्रको रुपमा जीवन लुइटेल चलचित्रमा देखा पर्नेछन । जसको सपनामा विश्वास गरी साथ दिनेछिन् नायिका निता ढुंगानाले । चलचित्र ‘नोटबुक, भुलभूलैया’ र ‘धुन’ पछि जीवन र नीताले ‘लेक साइड’ चलचित्रमा चौंथौ पटक काम गरेका हुन् । राजु अधिकारीको निर्देशनमा बनेको यो चलचित्र आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भएको हो । लेक साइड चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एण्जल ढुंगानाले निर्माण गरेका हुन् ।