बलीउडको कान्छो भाई मानिन्छ दक्षिण भारतिय फिल्मको बजार । बलीउड फिल्महरुले दक्षिण भारतबाट पनि करोडौंको व्यापार गर्ने गरेका छन् । त्यसैले पनि दक्षिण भारतिय फिल्ममा काम गर्ने कलाकारहरुले बलीउड कलाकारहरुलाई समेत पारिश्रमिकमा टक्कर दिने गर्छन । दक्षिण भारतीय फिल्म उद्योगमा एक अभिनेताले ४० करोडसम्म पारिश्रमिक लिने गरेको खबर प्राय सबैलाई थाहा छ । सुन्दर हिरोइनहरुको खानी मानिने दक्षिण भारतीय फिल्म उद्योगमा हिरोइनहरूको कमाइ बलिउडको दाँजोमा कम छैन । बलिउड अभिनेत्रीहरूको पारिश्रमिकले दोहोरो अंक छुदाँ उताका हिरोइनहरूको पारिश्रमिकको अवस्था भने यस्तो छ :
१. अनुष्का शेट्टी : ‘बाहुबली’ अभिनेत्री अनुष्का प्रति फिल्म ४ करोड पारिश्रमिक लिन्छीन् । उनी दक्षिण भारतिय फिल्ममा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् ।
२. काजल अग्रवाल : ‘स्पेशल २६’ तथा ‘सिघंम’मा काम गरिसकेकी काजोलको पारिश्रमिक प्रति फिल्म २ करोड रहेको छ ।
३. समान्था रूथ प्रभु : उनले प्रति फिल्म २ करोड भारू बुझ्छिन् ।
४. श्रृति हसन : कमल हसनकी छोरी श्रुतिले प्रति फिल्म १ करोड लिन्छिन् ।
५. रकूल प्रीत सिंह : सन् २००९ मा फिल्म उद्योग प्रवेश गरेकी राकुलको पारिश्रमिक १ करोड भारू हो।
६. नयन तारा : उनको पारिश्रमिक पनि १ करोड भारू हो ।
७. तृषा कृष्नन : प्रति फिल्म उनले पारिश्रमिक बापत १ करोड चार्ज गर्छिन्।
८. तमन्ना भाटिया : केही बलिउड फिल्ममा समेत अभिनय गरेकी ‘बाहुबली’ अभिनेत्री तमन्नाले ९० लाख भारू पारिश्रमिक बुझ्दै आएकी छन् ।
९. नित्या मेनन : उनले पनि तमन्नाले जस्तै ९० लाख भारू लिदै आएकी छन् ।
१०. हंसिका मोटवानी : भारतीय टिभी श्रृखंलामा बाल कलाकारका रूपमा अभिनय करियर सुरू गरेकी हंसिकाले ८० लाख पारिश्रमिक लिने गरेको बताइन्छ ।