गएको बिहिबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘शब्द’ ले यति बेला नेपालका सिंगल र मल्टिप्लेक्सहरुमा सुखद व्यापार गरिरहेको वितरकले बताएका छन् । ‘किंग’, ‘लभ साशा’ सँग एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘शब्द’ ले अष्ट्रेलियामा भने यति बेला धुम मच्चाइरहेको छ । अहिलेसम्म चलचित्र ‘शब्द’ को अष्ट्रेलियामा ६ शो देखाइसकेको चलचित्रकी नायिका कमली वाइवाले जानकारी दिइन । अहिले नायक सौगात मल्ल र नायिका कमली वाइवा चलचित्र ‘शब्द’ को प्रदर्शनका लागि अष्ट्रेलियामा छन् । नेपालमा रहेका निर्देशक सन्तोष सिवाकोटीले अष्ट्रेलियामा थप शोका लागि डिमाण्ड भइरहेको बताए । उनका अनुसार, सिड्नी र व्रीसवेनमा थप शोका लागि माग भएको छ । उनले नेपालमा पनि सोमबारदेखि चलचित्रको व्यापार बढेको दाबी गरे । पूर्वका हलहरुमा भने आउँदो सातादेखि चलचित्र प्रदर्शन हुनेछ ।
चलचित्रमा सौगात र कमलीका अलवा अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । चलचित्रमा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।