आमिर खान अभिनित चलचित्र ‘दंगल’ मा गीता फोगाटको रोलमा अभिनय गरेर वाहवाही कमाएकी कश्मीरकी अभिनेत्री जायरा वसिमलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेपछि आमिर खानले जबाफ दिएका छन् ।
जायराले शनिबार जम्मू कश्मीरकी मुख्यमन्त्री महबुबा मुफ्तीसँग भेटघाट गरेकी थिइन् । यसै प्रकरणलाई लिएर धेरैले फेसबुक लगाएतका सामाजिक सञ्जालमा मजाक उडाएपछि जायराले सोमबार फेसबुकमा माफि समेत मागेकी थिइन् ।
जाबेद अख्तर, उमर अब्दुल्ला, गीता फोगाट, अशोक पंडित, अनुराग कश्यप, आमिर खान लगाएतले उनको समर्थन गरेपछि अन्य बलिउड कलाकारहरुले पनि उनको समर्थन गर्न थालेका छन् ।
आमिर खानले जायरालाई खुलेर समर्थन गरेक छन् । उनले ट्विटरमा लेखेका छन्, ‘मैले जायराको विज्ञप्ती पढें र म यो बुझ्न सक्छु कि उनलाई किन यो विज्ञप्ती लेख्न पर्यो । जायरा म तिमीलाई भन्न चाहान्छु कि हामी सबै तिम्रो साथमा छौं ।’
‘तिम्रो सुन्दरता, मेहनत, हिम्मत, साहस, मेहनत र प्रतिभाले तिमीलाई भारतको मात्रै होइन पुरै विश्वका बच्चाहरुको रोल मोडल बनाएको छ । भगवानले तिमीलाई धेरै आशिवार्द दिउन, तिमीलाई मेरो माया छ ।’
आमिरले यो पनि लेखेका छन्, ‘म सबैसँग अपिल गर्न चाहन्छु कि उसलाई एक्लै छोडिदिनुहोस । उनको सम्मान गर्नुहोस किनभने उनी मात्रै १६ वर्षकी बच्ची हुन् तर उनी आफ्नो उत्कृष्ट क्षमता देखाएर जिन्दगीसँग लड्ने कोसिस गरिरहेकी छिन् ।’