मोडल निराजन प्रधान र जेविका कार्की अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘के लुकाउनु माया’ बोलको गीति भिडियोमा निराजन र जेविकाको केमेष्ट्री मिलेको देखिन्छ ।
भिडियोमा एक्सन कट निर्देशक शान थापाले गरेका हुन् । भिडियोमा कमल घलेको स्वर, यमन सुवेदीको शब्द र संगीतकार ताराप्रकाश लिम्बुको संगीत सुन्न सकिन्छ । स्टारलाईट इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यस गीति भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।