पछिल्लो समय फिल्मी कार्यक्रम भन्दा बढि राजनीतिक कार्यक्रममा देखिँदै आएकी सदावहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर लामो समयपछि पर्दामा देखिने भएकी छिन् । मंगलबार उनले छायांकनको क्रममा रहेको फिल्म ‘तिमी सँग’को सेट ज्वाईन गरिन् ।
पछिल्लो पुस्ताकी चर्चाकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसैन र आकाश श्रेष्ठ लिड अभिनयमा रहेको उक्त फिल्ममा ‘स्पेशल गेस्ट’को रुपमा करिश्मा देखिनेछिन् । प्राप्त तश्विरमा पनि उल्लेखित कलाकारहरुसँगै करिश्मा देखिएकी छिन् । फिल्ममा समावेश हुने एक महत्वपुर्ण भाव बोकेको गीतमा करिश्मालाई देख्न पाईने बताईएको छ । जहाँ उनले अभिनेता आकाशसँग कम्मर मर्काउनेछिन् ।
त्यसो त करिश्मा पछिल्लो पटक स्टेज कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारहरुसँग जोडी बाँध्न लालायित हुँदै आएकी छिन् । केहि महिना पहिले सम्पन्न ‘नेफ्टा अवार्ड’मा पनि नाजिरसँग करिश्माले कम्मर मर्काएकी थिईन् । ‘तिमी सँग’मा निर्माण, निर्देशक शिशिर राणाको छ ।