भारतमा बाहुबली २ रिलिजसँगै यो फिल्म पछि अर्को चर्चा छ त, म्युजिक कन्सर्टलाई आउँदै गरेका हलिउड स्टार सिङ्गर जस्टिन बीबरको । भोली मुम्बईमा हुन लागेको उनको कन्सर्टको कारण चर्चा परिचर्चा बढ्दो छ, सामाजिक सञ्जालदेखि मिडियाहरुमा उनकै चर्चाले स्थान ओगटेको छ ।
यो संगै नयाँ खबर आएको छ कि जस्टिनलाई ५ सय बढि प्रहरीले सुरक्षा दिने भएका छन् । ४५ हजार दर्शक सामेल हुने कन्सर्टमा सुरक्षा व्यवस्था कडा हुने नै छ, योसँगै उनको व्याक्तिगत सुरक्षामा मात्र यति प्रहरी परिचालन हुन लागेको कुनै पनि विदेशी कलाकारको लागी अहिलेसम्मकै धेरै भनिएको छ ।
जहाँ दर्जन बराबर अफिसर खटिनेछन् भने सिभिल पोशाकमा प्रहरी छुट्टै खटिने र सिसी क्यामेराको निगरानी पनि उत्तिकै रहने समेत बताईएको छ । ‘जस्टिन बीबर पर्पोज वर्ल्ड टुर’ नाम दिईएको कन्सर्टमा उनले प्रस्तुती दिनेछन् ।