केहि महिना पहिले काठमाण्डौको बौद्धमा सञ्चालनमा आएको ‘पीज्जा वर्ल्ड’को शाखा अब ललितपुरको कुमारीपाटीमा पनि खुलेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच चल्तिका अभिनेत्रीहरुले उद्घाटन गरे ।
हल सञ्चालक विनोद पौडेलले सञ्चालनमा ल्याएको उक्त पीज्जा वर्ल्डमा अन्य चार जनाले पनि लगानीमा साझेदारी गरेका छन् । उद्घाटनमा अभिनेत्री केकी अधिकारीले रिवन काट्दा अन्य अभिनेत्री पूजा शर्मादेखि रीमा विश्वकर्मा, छुल्ठिम गुरुङ, श्रद्धा प्रसाईंसम्म उपस्थित थिए ।
कार्यक्रममा अभिनेता गजित विष्ट, निर्देशक प्रदिप भट्टराई लगायत पनि उपस्थित थिए ।