पछिल्लो पुस्ताकी चर्चाकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको करियरमा चौथो प्रोजेक्टको रुपमा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा भएको छ । शुक्रबार राजधानीको एक तारे होटलमा फिल्मको आधिकारिक निर्माण घोषणा भयो ।
३० प्रतिशत नेपाल अनि ७० प्रतिशत लण्डनमा छायांकन हुने फिल्ममा साम्राज्ञीले नव अभिनेता धिरज मगरसँग रोमान्स गर्नेछिन् । त्यसो र डेब्यू फिल्म ‘ड्रिम्स’देखि चौथो प्रोजेक्टसम्म आउँदा साम्राज्ञीले सबैजसो फरक फरक अभिनेतासँग अन स्कृन रोमान्स गरेकी छिन् ।
रातो ‘वान पिस’ मा सजिएर कार्यक्रममा उपस्थित भएकी साम्राज्ञी कार्यक्रमको केन्द्र बनिन् । साम्राज्ञीले शिरजसँग हात बाँधेर पोज दिँदा उपस्थित मिडियाका क्यामेराहरु व्यस्त बनिरहे । कार्यक्रममा बोल्दै साम्राज्ञीले कोरियोग्राफीमा अब्बल मानिएकी अनि यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेकी रेनशा वान्तवा राई माथी कलरफुल रोमान्टिक ड्रामा निर्देशनमा निकै सम्भावना देखेको अनि सोहि प्रकारको चित्तबुझ्दो स्कृप्ट भएकै कारण काम गर्न लागेको बताईन् ।
उता डेब्यू ब्वाई धिरज पनि पहिलो प्रोजेक्टलाई लिएर उत्साहित देखिए । फिल्मको छायांकन जुन १६ बाट सुरु हुने बताईएको छ । नेपालको छायांकन सकाएपछि निर्माण टिम थप छायांकनको लागी वेलायत प्रस्थान गर्नेछ ।
नेपालबाट लण्डन पुगेको एक यूवा र लण्डनमै रहँदै आएकी एक राजदुतकी छोरीको पहिलो भेट पश्चात सुरु भएको प्रेम कहानी चल्दै गर्दा त्यसको बीचमा उत्पन्न हुने आरोह अवरोहको वरीपरी फिल्म घुम्नेछ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी रहने फिल्म आईकोर फिल्मस् को ब्यानरमा तयार हुनेछ ।