फिल्म ‘विन्दास लाइफ’ को पहिलो गीत रिलिज गरिएको छ। युट्युव मार्फत रिलिज गरिएको रोमान्टिक गीतको भिडियोमा नायक प्रथम खड्का, चिरन अधिकारी र सपना लामिछाने फिचरिङ छन्। सार्वजनिक ‘मनले जसलाई’ बोलको गीतमा शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत समावेश छ। गीतमा दुर्गा खरेल र के बस्नेतले स्वर दिएका छन्। भिडियोमा सृजना बरालको कोरियोग्राफी रहेको छ।
राजु गिरी प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘विन्दास लाइफ’ पूर्ण रुपमा ‘लभ स्टोरी’ फिल्म भएको फिल्मकी नायिका सपनाले बताइन। एक विन्दास केटीको चरित्र आफूले निर्वाह गरेको बताउने सपना फिल्मले सकारात्मक रिजल्ट दिनेमा आशावादी छिन्।
गीतको भिडियो सार्वजनिक गर्दै निर्माण यूनिटले फिल्मको रिलिज मिति समेत तय गरेको छ। पौष २१लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘विन्दास लाइफ’मा रामेश्वर हुँमागाईको छायांकन, राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन रहेको छ।
राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा शंकर गिरी, काजल गिरी र रिया गिरीले संयुक्त लगानी रहेको छ।