नौ बर्ष पहिले ‘कहाँ भेटिएला’ बाट अभिनय यात्रा सुरु गरेकी नायिका हुन् श्वेता खड्का। ‘कहाँ भेटिएला’ पश्चात उनले फिल्म ‘हाँसिदेउ एक फेर’, ‘श्रीमान श्रीमती’, ‘कोहिनुर’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्।
अहिले श्वेता खड्का फिल्म ‘कान्छी’को निर्माणमा व्यस्त छिन्। उनि यस फिल्मको नायिकासँगै निर्माता पनि हुन्। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘कान्छी’को औपचारिक निर्माण घोषणा गरिएको छ।
आकाश अधिकारीले निर्देशन गर्ने फिल्म ‘कान्छी’मा श्वेता खड्काले नायक दयाहाङ राईसंग स्क्रिन शेयर गर्दै छिन्। उनले आफु दयाहाङ राईको फ्यान भएको र दयाहाङसँग भएको खास प्रतिभा आजसम्म कसैले निकाल्न नसकेको भन्दै त्यो देख्नको लागी ‘कान्छी’ फिल्म पर्खिनुपर्ने दाबी गरिन् । श्वेतासँगका यस्तै अनि अन्य रमाईलो गफगाफको लागी तलको भिडियो हेर्नुहोस् ।
हेर्नुहोस् पुरा भिडियोमा :