लसएञ्जल्स(एजेन्सी) । हलिउड अभिनेता टम क्रुजका फ्यानका लागि एउटा दुःखको खबर छ । यी अभिनेता फिल्म मिशन इम्पोसिबल ६’को सुटिङका बेला घाइते भएका छन् । उनी ठिक नहुञ्जेलसम्म फिल्मको सुटिङ रोकिएको छ ।
समाचार अनुसार टम यो फिल्मका लागि खतरनाक एक्सन सिनको सुटिङ गरिरहेका थिए । त्यो बेला उनको खुट्टामा चोट लागेको थियो । टम घाइते भएका कारण फिल्मको सुटिङ ६ हप्तादेखि तीन महिनासम्म पछाडि सर्न सक्छ । उनको खुट्टाको दुईवटा हड्डी भाँचिएको छ । टम हाल ५५ वर्षे यात्रामा हिडिहरेका छन् ।
फिल्म सन् २०१८ को जुलाई २७ मा रिलिज हुनेछ । फिल्ममा हेनरी कैविल, रेबेका फर्ग्युसन, एन्जेला बेसेट र एलेक बाल्डविनको पनि अभिनय छ ।