मुम्बई(एजेन्सी)। कर्नाटकको मधापुर पुलिसले बाहुबली स्टार प्रभास अभिनित फिल्म ‘मिस्टर परफेक्ट’का निर्माता दिल राजू र उनका अन्य सहयोगी विरुद्ध कपिराइट उल्लंघनको मामलामा मुद्धा दायर गरेको छ । यो फिल्म सन् २०११ मा रिलिज भएको थियो । यो फिल्ममा प्रभासका अलावा तापसी पन्नु र काजल अग्रवालले पनि अभिनय गरेका थिए ।
उपन्यासकार श्यामला रानीले मियापुर अदालतमा मुद्धा दायर गर्दै मिस्टर परफेक्ट नामको फिल्म उनको उपन्यास ‘ना मनसु निन्नू कोरे’को कहानीबाट प्रेरित भएको आरोप लगाएका छन् । यो पुस्तक २०१० मा प्रकाशित भएको थियो । उनले आफ्नो अनुमति नलिई फिल्ममा कहानी प्रयोग गरिएको दाबी गरेका छन् । उनले यो फिल्म २०१३ मा टेलिभिजनमा हेरेपछि आफ्नो उपन्यासको नक्कल गरेको थाहा भएको बताएका छन् ।
उपन्यासकारले दिल राजूका अलावा निर्देशक के दसरथ, पटकथाकार अबबुरी रवि र सह निर्माताविरुद्ध मुद्धा दाय गरेका छन् ।