मुम्बई(एजेन्सी) । हलिउडमा हालका दिनमा कास्टिङ काउचवाला निर्माताको पोल खोल्ने एक अभियान नै चलिरहेको छ । यसमा सबैभन्दा बढी नाम निर्माता हर्वी वाइस्टीनको चर्चामा छ । हलिड अभिनेत्री एन्जेलीना जोली र ग्विनेथ पालट्रो जस्ता स्टारले पनि आफूमाथि हर्वीले यौन शोषण गरेको आरोप लगाएको छ ।
सञ्चारमाध्यमका अनुसार हर्वीले बलिउड स्टार ऐश्वर्या राय बच्चनलाई पनि एक्लो स्थानमा भेट्न चाहेका थिए । तर ऐश्वर्याका पूर्व मेनेजर सिमोन शिफिल्डले यो कुरालाई अस्वीकार गरेका थिए ।
सिमोन ऐशलाई लिएर कुनै एक प्रोजेक्टका विषयमा कुराकानी गर्न हर्वीको अफिस पुगेका थिए । यो बेला हर्वीले ऐश्वर्यासँग एक्लै भेट्ने इच्छा व्यक्त गरेका थिए । तर हर्वीको गलत कार्यको बारेमा जानकार सिमोनले ऐश्वर्यालाई भेट्न दिएनन् । जुन कारण हर्वी सिमोनसँग भड्किएका थिए ।
ऐश्वर्यालाई भेट्न नपाएपछि हर्वीले सिमोनसँग आगामी दिनमा केही पनि काम नगर्ने चेतावनी दिएका थिए । यही मौकामा सिमोनले हर्वीसँग झुक्नु भन्दा ऐश्वर्यालाई लिएर बाहिर निस्कनै उचित ठानेपछि ऐश्वर्या यौन उत्पीडनको शिकार हुनबाट जोगिएकी थिइन् ।