अभिनेत्री परिणिती चोपडाको प्रेम जीवन पनि मिडियाका लागि खबर बन्ने गरेको छ । परिणितीको प्रेम भन्दै धेरै बलिउड अभिनेतासँग उनको नाम जोडिने गरिएको पाइन्छ ।
तर, अहिले परिणिती र निर्देशक मनिष शर्माको नाम एकसाथ जोडिन थालेको छ । यी दुइले एकसाथ फिल्ममा काम गरेपछि नै नाम जोडिन थालेको हो ।
तर, मिडियामा गएको केहि महिनादेखि मनिष र परिणितीको ब्रेकअप भएको खबर सार्वजनिक भैरहेको थियो ।
तर, मुम्बई मिररका अनुसार परिणिती र मनिष एउटा पार्टीमा एकसाथ पुगेका छन् । पार्टीमा एकसाथ पुगेपछि यी दुइको प्रेम फर्किएको चर्चा सुरु भएको छ । यो बिषयमा परिणिती र मनिषले कुनै प्रतिक्रिया दिएका छैनन् ।