चैत्र ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सत्रु गते’को ओभरसिज राइट्स र डिजिटिल राइट्स महंगोमा विक्री भएको छ । मह संचारको निर्माणमा किरण केसीले लगानी गरेको फिल्मलाई ओएसआर डिजिटलले किनेको छ । फिल्मको ओभरसिज र डिजिटल राइट्सका लागि ओएसआरले १ करोड १० लाख रुपैयाँ तिरेको छ ।
कुनै फिल्मको लागि पहिलो पटक यति महंगो रकम लगानी गरिएको छ । फिल्मको बजेट डेढ करोड माथि रहेको निर्माण टोलीले दाबी गरेको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका छ ।
फिल्मका कलाकारको ब्रान्ड भ्यालू, विदेशमा दर्शकको मोह आदिका कारण पनि यति महंगो रकम तिरिएको हो । यो फिल्मको अब नेपालबाट आउने शेयरको ८० प्रतिशत नाफा हुनेछ ।