के अभिनेत्री मरिष्का पोख्रेलको डिमाण्ड फिल्म क्षेत्रमा बढेको हो । या, अभिनेत्रीहरुको अभाव भैरहेको समयमा उनी वैकल्पिक रुपमा प्रस्तुत भएकी हुन् । किनकी, मरिष्काको हातमा अहिले फिल्म भरिन थालेको छ । फिल्म ‘के म तिम्रो होइन र’बाट फिल्म क्षेत्रमा आएकी मरिष्का अभिनित दोश्रो फिल्म ‘चपली हाइट २’ रिलिज भैसकेको छ । दुबै फिल्म औषत चलेपनि मरिष्कालाई फरक भने परेको छैन ।
उनले तेश्रो फिल्म ‘लम्फू’मा पनि काम गरिसकेकी छिन् । चौथो फिल्म ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । पाँचौ फिल्म ‘साली कस्को भेनाको’को छायांकन चितवनबाट सुरु भएको छ । छैठौ फिल्मम ‘पण्डित बाजेको लौरी’को पनि घोषणा भैसकेको छ ।
मरिष्काको हातमा अहिले ४ वटा फिल्म छन्, जुन रिलिज हुन बाँकी छ । के मरिष्काको डिमाण्ड फिल्म क्षेत्रमा बढेकै हो त ?