अभिनेता सलमान खानलाई केहि दिन अगाडि एक टिमले ज्यान मार्ने धम्की दिएको थियो । ज्यान मार्ने धम्की आएपछि सलमानलाई प्रहरीले सुरक्षा दिएर घर पु¥याएको थियो । सलमानले केहि दिन आराम गरेपछि फेरि फिल्म ‘रेश ३’को छायांकन सुरु गरेका छन् ।
सलमानले फिल्मको छायांकन मुम्बइको फिल्म स्टूडियोमा सुरु गरेका छन् । सलमानलाई छायांकन स्थलमा निकै कडा सुरक्षा दिइएको भारतीय मिडियाले बताएका छन् । सलमानको सुरक्षाका लागि प्रहरीदेखि बडिगार्ड समेत राखिएको छ । ज्यान मार्ने धम्कीसँगै सलमानको सुरक्षा बढाइएको हो ।
रेमो डिसुजाले निर्देशन गरिरहेको यो फिल्मको एक गीतको छायांकन कडा सुरक्षामा गरिएको छ ।