निर्देशक आर बल्कीले अभिनेत्री कंगना रनावतलाई एक नयाँ फिल्ममा अनुवन्धित गरेका छन् । आर बल्कीले बनाउन लागेको अरुणिमा सिंहाको बायोपिक फिल्ममा कंगना फाइनल भएकी हुन् । अरुणिमा विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् ।
भारतीय मिडियाका अनुसार यो फिल्ममा अभिनेता अमिताभ बच्चनले कंगनाको कोचको भूमिकामा काम गर्दैछन् । आर बल्कीले अमिताभलाई पनि फाइनल गरेका छन् । निर्देशक बल्की र अमिताभ नजिकका साथी मानिन्छन् ।
कंगना र अमिताभले एक विज्ञापनमा मात्र काम गरेका छन् । फिल्ममा यी दुइको केमेष्ट्री सुहाउने अपेक्षा गरिएको छ ।