अभिनेत्री अदिती वुढाथोकीलाई एक भारतीय अनलाइनले भारतका चर्चित इन्स्ट्राग्राममा सुन्दरीहरु भनेर प्रस्तुत गरेपछि यसले नेपालमा पनि चर्चा पाएको छ । अदिती भारतीय नागरिक हुन् भन्ने चर्चा समेत भएको छ । तर, अभिनेत्री अदिती वुढाथोकीले भने यसको जवाफ दिएकी छिन् ।
उनले, आफूलाई त्यसरी मिडियामा फिचर गरिएकोमा धन्यवाद दिएकी छिन् । तर, आफू नेपाली नागरिक नै भएको उनको भनाई छ । उनले भनेकी छिन्–‘के अब म नागरिकता र पासपोर्ट बोकेर सबैलाई म नेपाली नै हुँ भनेर देखाउँदै हिडुँ ।’
अदिती अभिनित फिल्म ‘कृ’ देशभरका हलमा रिलिज भएको छ । फिल्मले बक्स अफिसमा पनि आक्रामक कमाई गरिरहेको छ ।