अभिनेता अनमोल केसीको स्टारडमका कारण फिल्म ‘कृ’ले २ दिनमा बक्स अफिसमा बम्पर कमाई गरेको छ । अनमोललाई नै हेर्न आउने दर्शकका कारण उनको स्टारडम बक्स अफिसमा देखिएको छ । आइतबारदेखि फिल्मको कमाई कलाकार भन्दा पनि बिषयवस्तुमा बढी निर्भर रहन्छ ।
अभिनेता अनमोल केसी अभिनित फिल्मले शुक्रबार करिब १ करोडको कमाई देशभरबाट गरेको छ । शनिबार भने फिल्मको कमाई झन्डै डबल छ । शनिबार फिल्मले १ करोड ६६ लाखको कमाई गरेको छ । २ दिनमै फिल्मले करिब २ करोड ६६ लाख भन्दा बढी ग्रस कलेक्शन गरेको छ । यो नेपाली फिल्मको कमाइमा बम्पर हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् ।