अभिनेत्री अनुष्का शर्मा बलिउडमा ३ सय करोड क्लबकी रानी समेत हुन् । उनले, अभिनय गरेका धेरै फिल्म सफल पनि छन् । अहिले, उनी अभिनेता बरुण धवनको साथमा नयाँ फिल्म ‘सुई धागा’मा काम गरिरहेकी छिन् ।
यो फिल्ममा यी दुई कलाकारको भिन्न लुक्स देखिन्छ । शरद कटरियाको निर्देशनमा बनिरहेको यो फिल्म मौजीको कथामा निर्माण भैरहेको छ । मौजी एक टेलर थिए, जसको भूमिका बरुणले निर्वाहा गरिरहेका छन् । यस्तै, ममताको भूमिका अनुष्काले निर्वाहा गरेकी छिन् ।
अनुष्का अहिले यो फिल्मको छायांकन भोपालमा गरिरहेकी छिन् । यशराज ब्यानरले सार्वजनिक गरेको एक भिडियोमा अनुष्का केहि सिइरहेकी छिन् । अनुष्का यो फिल्ममा अनुवन्धित भएपछि नै सिउने कला सिकिरहेकी छिन् । फिल्मको सेटमा पनि उनी सिउन नै व्यस्त छिन् । यो फिल्म सेप्टेम्बर २६ मा रिलिज हुँदैछ ।