सबैलाई थाहा भैसककेको कुरा यो हो कि, अभिनेता दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्की नजिक छन् । दीपक र प्रियंकाको जोडीलाई अब पर्दामा पनि रुचाउन थालिएको छ । यसैले, यी दुई लगातार ४ वटा फिल्ममा देखिसकेका छन् । अब, उनीहरु पाँचौ फिल्म ‘छक्का पन्जा ३’मा पनि काम गर्दैछन् ।
यो जोडीले निरन्तर फिल्ममा काम गर्नुको कारण यी दुइको ट्यूनिङ मिल्नु हो । चैत्र ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सत्रु गते’मा पनि यी दुई एकसाथ देखिदैछन् । यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गर्दैछन् । फिल्ममा दीपक ‘चोर’को भूमिकामा छन् भने प्रियंका ‘प्रहरी’को भूमिकामा छिन् ।
दीपकको फिल्ममा आफ्नो पूर्ण हक लाग्ने प्रियंका बताउँछिन् । यसैले, दीपकको फिल्ममा अरुले काम गर्न नसक्ने उनको भनाई छ । सायद, अब दीपकविना प्रियंका अधुरी पो हुन थालेकी हुन् कि ?