फिल्म ‘लखपति माग्ने’को छायांकन सुरु गरिएको छ । सवनम मुखियाको निर्देशनमा तयार भएको यो फिल्मलाई प्रकाश महर्जनले लगानी गर्दैछन् ।
यो फिल्ममा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा लगायतका कलाकारलाई देख्न सकिन्छ ।
फिल्ममा सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष, भूपू पाण्डेको संगीत, रामेश्वर हुमागाँइको छायांकन, तारा थापाको सम्पादन छ । फिल्मलाई ३५ दिनसम्म खिचिनेछ । धुलिखेल र काठमाण्डौ वरपरका स्थानमा यो फिल्म खिचिने निर्माणपक्षले बताएको छ ।