शुक्रबारदेखि रिलिज भएको फिल्म ‘शत्रु गते’ले २ दिनमा राम्रो कमाई गरेको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मले २ दिनमा डेढ करोड भन्दा माथिको कलेक्शन गरेको छ ।
फिल्मलाई दर्शकले पनि राम्रो भनेका छन् । फिल्मका कलाकारहरु शनिबार दिनभर नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।
फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा हल-हलमा पुगे । फिल्मले शुक्रबार र शनिबार नै राजधानीका मल्टिप्लेक्समा राम्रो व्यापार गरेको छ ।
सिंगल हलमा भन्दा मल्टिप्लेक्समा व्यापार दोब्बर छ । राजधानी बाहिर भने फिल्मको व्यापार सुखद छैन । मल्टिस्टारर कलाकार रहेकाले पनि २ दिन फिल्मले व्यापार गर्नु स्वभाविक हो । आजबाट हुने फिल्मको व्यापारले यसको लाइफ टाइम कलेक्शन थाहा हुनेछ ।